Rule 16
कुनै खास व्यक्तिलाई बुझ्न सक्ने
(१) कुनै खास व्यक्तिलाई न्यायाधिकरण समक्ष दायर
भएको कुनै मुद्दाको कारबाहीको क्रममा बुझ्नु आवश्यक छ भन्ने कुरा न्यायाधिकरणलाई
लागेमा न्यायाधिकरणले मनासिब अवधि तोकी त्यस्तो व्यक्तिलाई न्यायाधिकरण समक्ष
उपस्थित हुने आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश भएकोमा सम्बन्धित व्यक्ति न्यायाधिकरणमा
उपस्थित हुनु पर्नेछ ।